आज पुस १४ गते मंगलबार देश तथा विदेशमा घटेका महत्वपुर्ण समाचार

आजका मुख्य समाचारमा

पुस १७ गतेदेखि राष्ट्रियसभाको एक्लो अधिवेशन शुरु हुँदै, अपेक्षा थुप्रै !
प्रजातन्त्र पुनः स्थापनापछि संसद्को माथिल्लो सभाको मात्र पहिलो अधिवेशन यही पुस १७ गतेदेखि शुरु हुँदैछ।  द्विसदनात्मक संसद्को अभ्यास गरेको नेपालको इतिहासमै एक सदनको मात्र अधिवेशन बस्न लागेको सम्भवतः पहिलो पटक हो ।

नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित
सत्तारुढ नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

देउवासँग चिनियाँ उच्चस्तरीय प्रमण्डलकाे भेट, ऐतिहासिक सम्बन्धबारे चर्चा
विभाजित नेपाल कम्युनिष्ट पार्टीलाई मिलाउने उद्येश्यका साथ नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रमण्डलले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेको छ । भेटमा चिनियाँ प्रमण्डलका नेता विदेश विभागका उपमन्त्री गुओ यैचाले नेपाली कांग्रेससँगको ऐतिहासिक सम्बन्धबारे चर्चा गरेका थिए ।

२४ घण्टा यता नेपालमा कति थपिए कोरोना संक्रमित ?
२४ घण्टा यता नेपालमा ६ हजार १ सय ३५ जनाको पिसिआर परीक्षण गर्दा ७०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

वाग्मतीमा पाँच श्ययाको कोभिड अस्पताल निर्माण सम्पन्न
दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच श्ययाको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ ।

पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।

वाग्मतीमा पाँच श्ययाको कोभिड अस्पताल निर्माण सम्पन्न
दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच श्ययाको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ ।

सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार नहुने : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार नहुने प्रष्ट पारेका छन् । गरिहिँदो सत्ता संकट र पार्टी एकतामा सहयोग गर्न चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेका बेला थापाले ट्वीटरमार्फत चीनले अन्तर्राष्ट्रिय भाइचाराको आवरणमा नेपालको आन्तरिक मामलामा दवाव, प्रभाव र हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

आज नेपालमा कति भए कोरोनामुक्त ?
पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४० पुगेको छ ।

यूएई पर्यटक भिसाको म्याद एक महिना थप
संयुक्त अरब इमिरेट्स ‘यूएई’ले विश्वका धेरै मुलुकमा हवाई यात्रामा लगाइएको प्रतिबन्धको कारण समस्यामा परेका पर्यटकहरुका लागि विना कुनै शूल्क पर्यटक भिसाको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । यूएईका प्रधानमन्त्री शेह मोहम्मद बिन राशिद अल मखतुमले सोमबार यो आदेश जारी गरेका हुन् ।

प्रधानमन्त्री ओली लोकतन्त्रविरोधी : झलनाथ खनाल
नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली लोकतन्त्रविरोधी नेता भएको बताउनु भएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमविरुद्ध आज आयोजना गरेको काठमाडौंको सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओली एउटा गुटको मात्र नेता भएको पनि आरोप लगाउनुभयो ।

ओली बयलगाडामै हुनुहुन्छ : प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली लोकतन्त्रविरोधी र तानाशाह भएको बताएका छन् । संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आमसभामा बाेल्दै प्रचण्डले प्रधानमन्त्री ओली गणतन्त्रविरोधी रहेको आरोप लगाएका हुन् ।

नर्भिकको संक्रमणविरुद्ध लडाईमा महत्वपूर्ण योगदान
देशमै गुणस्तरीय स्वास्थ्य सेवा दिंदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड-१९ को संक्रमणविरुद्ध देशले थालेको लडाईमा महत्वपूर्ण योगदान गरेको छ ।

२४ घण्टामा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ जना कोरोना संक्रमित थपिएका छन्।

नेता तामाङ भन्नुहुन्छ, राप्रपाले गरिरहेको आन्दोलन मुलुकको लागि महत्त्वपूर्ण !
राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’को जारी आन्दोलनका कमान्डर नेता बुद्धिमान तामाङले आफ्नो दलले गरिरहेको आन्दोलन मुलुकको लागि महत्त्वपूर्ण रहेको बताएका छन् । भक्तपुरमा आज आयोजित कार्यक्रममा तामाङले यो आन्दोलन राप्रपाका लागि मात्र नभई समग्र मुलुकका लागि भएको बताए ।

ओली अझै सुध्रिनु भएन भने राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न
नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आयु सकिएको बताएका छन् । काठमाडौंमा संसद विघटनविरुद्ध आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब ओलीको आयु सकिएको बताएका हुन् ।

सार्वजनिक खरिद, विधि छल्न उपभोक्ता समिति प्रयोग
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित वीरभद्र मार्गको करीब छ सय मिटर सडकको निर्माण शुरु भएको पाँच वर्षसम्म पनि सम्पन्न भएको छैन । नगरपालिकाको योजनामा उपभोक्ता समितिले निर्माण शुरु गरेको सडक नबन्दा वर्षामा यो सडकमा सवारी त परै जाओस् मानिससमेत हिँड्न सक्दैनन् । सवारी परै राखेर स्थानीयवासी जुत्ता खोलेर खहरे तर्न बाध्य छन् ।

ओलीले संसद विघटन गरेपछि पूर्व माओवादीहरु एकैथलोमा
वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी ओलीले संसद विघटन गरेपछि पूर्व माओवादीहरुलाई एकैथलोमा ल्याइदिएको छ ।  पूर्व माओवादीबाट अलग भएका मोहन बैद्य किरण र नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको पार्टीहरु प्रतिनिधिसभा विघटन विरुद्ध सहकार्य गर्ने अवस्थामा आइपुगेका छन् ।

आँगन स्विट्सको मिठाइमा नङ भेटिएपछि प्रहरीकाे छापा
कहिले रंग त कहिले बासी मिठाई खुवाउँदै आएको चर्चित आँगन स्विट्सको मिठाइमा नङ भेटिएपछि प्रहरीले छापा मारेको छ ।आँगनको कमलपोखरीस्थित शाखाले बिक्री गरेको मिठाईमा नङ फेला परेपछि महानगरीय प्रहरी वृत मालिगाउँले छापा मारेको हो ।

नदी नियन्त्रणमा जुट्दै खैरहनी नगरपालिका
बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो ।

नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी
सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी ‘बर्दघाट सुस्तापूर्व’ नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो ।

नेकपा नामको विवाद : आज फेरि पेशीमा चढ्यो
नेपाल कम्युनिस्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दा अझै सर्वोच्चमा बहसको क्रममा छ । यो नामको विषय सर्वोच्च अदालतमा आज पेसीमा चढेको छ ।

हृदयघातबाट आन्दोलनमा आएका उखु किसानको मृत्यु
उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मृत्यु भएको छ । आन्दोलनरहत उखु किसानहरुको संरक्षण राकेश मिश्रका अनुसार मंगलबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो ।

सुदुरका भौतिकमन्त्री बोहरा बर्खास्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री भट्टले बोहरालाई मंगलबार बर्खास्त गरेका हुन् ।

सुनको मुल्यमा गिरावट, कति पुग्यो आज तोलामा?
निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले ८ सयले घटेको छ ।सोमबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ८ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ६ सय रुपैयाँ रहेको छ ।

महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गरेकी अधिकारवादीलाई जेल सजाय
सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी ३१ वर्षकी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

एनिभर्सरीको आठौं वर्षको उत्सवमा श्रीमतीलाई दिए चन्द्रमामा २३ रोपनी जग्गा उपहार
भारतको राजस्थानका व्यापारी धमेन्द्र अनिजाको नाम देश विदेशमा चर्चामा छन् । उनले चन्द्रमा टिपेर आफ्नो श्रीमतीलाई जमिनमा ल्याउन त सकेनन् तर चन्द्रमामा जग्गा किनेर श्रीमतीलाई उपहार दिएका छन् ।

कलेजो प्रत्यारोपणका लागि रु १४ लाख सहयोग
म्याग्दीका एक व्यक्तिलाई कलेजो प्रत्यारोपणका लागि करिब रु १४ लाख सहयोग जुटेको छ । कलेजोको समस्याले थलिएका धवलागिरि गाउँपालिका–७ धारापानीका ५३ वर्षीय खड्कबहादुर थापाको उपचारका लागि सोमबार रु १३ लाख ९६ हजार ३९६ सहयोग गरिएको हो ।

धारामा बरफ : एकातिर चिसो, अर्कोतिर लोडसेडिङ
साविकको कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ । मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।

नेपालको आन्तरिक मामिलामा चीनले कुनै हस्तक्षेप नगर्ने
संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनबारे बुझ्न उच्चस्तरीय चिनियाँ टोली यतिबेला काठमाडौंमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक अवस्थाको बारेमा चीनले आफ्नो तर्फबाट कुनै हस्तक्षेप नहुने दाबी गरेको छ।

आज पनि तराईमा हुस्सु र कुहिरोको प्रभाव : मौसम पूर्वानुमान
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ ।

अब रहेनन भारतका सबैभन्दा चर्चित यौन विज्ञ
भारतका सबैभन्दा चर्चित यौन विज्ञको निधन भएको छ । समाचारपत्रमा छापिएका स्तम्भका कारण भारतका शहरी क्षेत्रमा चर्चित बनेका एक जना यौन विज्ञको ९६ वर्षको उमेरमा निधन भएको हो ।

आजबाट पीएम कपमा समूह बीका खेलहरु सुरु हुँदै
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा आज मंगलबार बाट समूह बीका खेलहरु सुरु हुदैछन् । दाङको लमहीमा सञ्चालित प्रतियोगितामा आज समुह बी अन्तर्गत दुई खेल हुनेछन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकीसंग खेल्नेछ ।

कोभिड-१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयूले खोप दिन सुरु
युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजर/बायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन्। एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम सुरु गरेका थिए। युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ।

कोरोना फैलिन थालेपछि इइन्डोनेसियामा फेरि नाका बन्द
इन्डोनेसियाले पनि फेरि नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

[sidebar name="button post"]