आजबाट पीएम कपमा समूह बीका खेलहरु सुरु हुँदै

१४ पुष, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा आज मंगलबार बाट समूह बीका खेलहरु सुरु हुदैछन् । दाङको लमहीमा सञ्चालित प्रतियोगितामा आज समुह बी अन्तर्गत दुई खेल हुनेछन् ।

पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकीसंग खेल्नेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टिम सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

यस्तै, दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ विरुद्ध खेल्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । यसअघि समुह ए बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

समुह बीको विजेताले लुम्बिनी र उपविजेताले एपीएफसंग सेमिफाइनल खेल्ने छन् । समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । प्रदेश २ र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् । यस्तै, समुह बीमा सुदुरपस्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।

[sidebar name="button post"]