१४ पुष, काठमाडौं । सत्तारुढ नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।
९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनाएको थियो । त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए । यो मुद्दा सर्वोच्चमा विचाराधीन थियो ।
तर नेकपा फुटेर ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको बेला मंगलबार यो मुद्दा पेसीमा चढेको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
तर कट्टेलका कानून व्यवसायीको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्चले जनाएको छ । पछिल्लो समय नेकपा पार्टी विभाजित भएपछि ओली र प्रचण्डबीच झगडा बढेको छ । सोही झगडाले गर्दा सर्वोच्चमा यो बहस बेला बेला तात्ने गरेको छ ।









