१४ पुष, काठमाडौं । संसद विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल समूहको नेकपाले प्रदर्शन शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध उपत्यकाका विभिन्न ठाउँबाट प्रचण्ड माधव नेपाल समूहले जुलुस सहितको प्रदर्शन शुरु गरेको हो ।
जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको छ । टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्र क्याम्पसबाट योगेश भट्टराई जुलुससहित प्रदर्शनमा उत्रिएका छन् ।
यस्तै पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मिकीबाट गणेश साह नेतृत्वको नेकपा कार्यकर्ताले जुलुश निकालेका छन् । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाबाट प्रचण्ड माधव नेपालको समूह अलग्गिएर सडकमा प्रदर्शनमा लागेको छ ।











