नेकपा (एमाले) १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको छ। बिहीबार १० घण्टा बढी बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने छलफल भएको हो।
त्यसैगरी एमालेले यसअघि विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थासमेत हटाउने भएको छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार दुई कार्यकाल र ७० वर्षे उमेर हदबन्दी हटाउने वा नरहने र १५ सदस्यीय पदाधिकारी र २५ सदस्यीय स्थायी कमिटी रहने प्रस्ताव भएको छ।
बैठकले केन्द्रीय कमिटी २५१ सदस्यीय हुने र त्यसको एकतिहाइ पोलिटब्यूरो सदस्य रहने निर्णय गरेको छ । विधान महाधिवेशनमा नयाँ प्रतिनिधि कोही हुन नपाउने र नयाँ आमन्त्रित आयोजकका रुपमा सहभागी हुने नेता ज्ञवालीले प्रष्ट पार्नुभएको छ ।
[sidebar name="button post"]







