१२ पुष, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ ।
तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज काठमाडौंमा यसवर्षकै धेरै चिसो महसुस गरिएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै कम तापक्रम हो ।
यसअघि गत शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ ।
आजै राति सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
आज न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ, यो न्यूनतम तापक्रमा यस वर्ष लागेपछि अहिलेसम्मकै सबैभन्दा कम हो । आज रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । यसअघि यस वर्ष काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो ।
गएको शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । आज अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यस्तै अहिले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।
बिहान लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै जाने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । अन्य क्षेत्रको मौसम भने सफा रहने छ ।









