आँगन स्विट्सको मिठाइमा नङ भेटिएपछि प्रहरीकाे छापा

१४ पुष, काठमाडौं ।  कहिले रंग त कहिले बासी मिठाई खुवाउँदै आएको चर्चित आँगन स्विट्सको मिठाइमा नङ भेटिएपछि प्रहरीले छापा मारेको छ ।आँगनको कमलपोखरीस्थित शाखाले बिक्री गरेको मिठाईमा नङ फेला परेपछि महानगरीय प्रहरी वृत मालिगाउँले छापा मारेको हो ।

नेपाल प्रहरीका एकजना एसएसपीले डीआईजीमा बढुवा सिफारिस भएको खुशीयालीमा आँगनबाट मिठाई किनेका थिए । सो मिठाई खोल्दा नङ भेटिएपछि उनले काठमाडौं प्रहरीलाई खबर गरे ।

अहिले महानगरीय प्रहरी वृत मालिगाउँका डीएसपी खुमलाल भुषालको टोली घटनास्थलमा पुगेको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई आवश्यक कारबाही अघि बढाउन प्रहरीले जिम्मा लगाएको छ ।

[sidebar name="button post"]