नेकपा नामको विवाद : आज फेरि पेशीमा चढ्यो

१४ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दा अझै सर्वोच्चमा बहसको क्रममा छ । यो नामको विषय सर्वोच्च अदालतमा आज पेसीमा चढेको छ ।

सत्तारुढ नेकपाविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।

यो विषयमा सर्वोच्चले अहिलेसम्म पनि फैसला गरेको छैन् । नेकपा विभाजन भइसक्दा पनि यो विषय सर्वोच्चमै बहसका क्रममा रहेको छ ।

[sidebar name="button post"]