नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आयु सकिएको बताएका छन् । काठमाडौंमा संसद विघटनविरुद्ध आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब ओलीको आयु सकिएको बताएका हुन् ।
संसद विघटन गरेर ओलीले निरंकुशता देखाएको पनि नेपालको टिप्पणी छ । हालै नेकपाको बहुमत समूहले नेपाललाई अध्यक्ष चुनेको घोषणा गरेको थियो ।
ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै नेपालले अब काँध थाप्न नसकिने पनि बताए । सहमति र एकताका लागि ढोका खुल्ला रहेको भन्दै नेपालले ओलीलाई अझै सुध्रिने मौका रहेको पनि बताए ।
‘ओली सुध्रिनुहुन्छ भने हामीले सदस्यता बाँकी नै राखेका छौ । अध्यक्षबाट हटाएपनि सदस्यता खारेज गरेका छैनौ । उहालाई सुध्रिने मौका छ’ भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘अझै सुध्रिनु भएन भने भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।’









