प्रधानमन्त्री ओली लोकतन्त्रविरोधी : झलनाथ खनाल

१४ पुष, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली लोकतन्त्रविरोधी नेता भएको बताउनु भएको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमविरुद्ध आज आयोजना गरेको काठमाडौंको सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओली एउटा गुटको मात्र नेता भएको पनि आरोप लगाउनुभयो ।

उहाँले बालुवाटारमा एउटा गुट सक्रिय रहेको र त्यसले जे मन लाग्छ त्यही गरेको बताउनु भयो । उहाँले आधिकारिक नेकपा आफ्नो समूह नै भएको बताए ।

लामो समयदेखिको आन्दोलनपछि प्राप्त भएको राजनीतिक अधिकार प्रधानमन्त्री ओलीले एकाएक ध्वस्त पार्न लागेको बताउनु भयो । उनले ओलीमाथि पहिलेदेखि नै आशंका रहेको बताए । सोही कारण उनीबाट विश्वासघात भएको उनको ठहर छ ।

[sidebar name="button post"]