आजका मुख्य समाचारमा
डा. भट्टराई भन्नुहुन्छ, अहिलेको समयमा निर्वाचन हुनै सक्दैन !
२१ माघ,चितवन । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताएका छन् । जसपा चितवनले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गरेका थिए ।
आगामी निर्वाचनको लागि सात अर्ब ९ करोड खर्च लाग्ने
२१ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते गर्ने भनिएको प्रतिनिधि सभाको निर्वाचनको लागि सात अर्ब ९ करोड रुपैयाँ खर्च लाग्ने अनुमानित बजेट आज बुधबार सरकारसमक्ष पेश गरेको छ ।
प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
२१ माघ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको छ । बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता गरेका थिए ।
आज देशभर कति थपिए काेराेना संक्रमित ?
२१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ३ हजार ५९७ जनाको पीसीआर परीक्षण भएकोमा १४२ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
आयुक्त डा. जोशीले दिए पदबाट राजीनामा
संवैधानिक निकायहरुको नियुक्ति निरंकुशतन्त्रको पराकाष्टा : श्रेष्ठ
२१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-पाल समूहले बाध्य भएर बिहीबार आमहड्ताल घोषणा गर्नु परेको बताएको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याँई र निरंकुशतन्त्रको पराकाष्टा भएको बताएका छन् ।
आमहड्तालमा गैरकानुनी क्रियाकलाप गरे नियन्त्रणमा लिन्छाै : प्रवक्ता कुवँर
२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षले भोलि आमहड्तालको घोषणा गरेको छ । प्रहरीले आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरमा ल्याउने बताएको छ । सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार भोलि आमहड्तालको घोषणा गरेको हो । उक्त कुराको अहिले सर्वत्र रुपमा विरोध भईरहेको छ ।
नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय जना पक्राउ
२१ माघ, मस्को । रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ । ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रह समेत गरेको छ ।
म्यानमारको सैनिक ‘कू’, विगत र भविष्य : सेनाको यो कदम केका लागि ?
२१ माघ, काठमाडौं । म्यानमारको सेनाले निर्वाचित सरकारलाई सत्ताको वागडोल सम्हाल्न नदिई सोमबार एक वर्षको सङ्कटकालको घोषणा गरिएको छ । यहाँका निर्वाचित नेताहरू आङ सान सुकी, राष्ट्रपतिलगायतका दर्जनौं वरिष्ठ राजनीतिज्ञहरूलाई सुरक्षा नियन्त्रणमा लिइएको छ । सेनाको यो कदम केका लागि ? के निर्वाचित सरकारले सत्ता सञ्चालनमा नागरिक सन्तुष्ट थिएनन् कि यो सैनिक शासकहरूको महत्वाकांक्षाका कारण निम्तिएको परिणाम हो ? विश्व समुदायले यसलाई गम्भीरताका साथ अध्ययन गरिरहेको छ ।
अब इसेवाबाटै जरिमाना रकम भुक्तान, कसरी गर्ने ? हेर्नुहोस्
२१ माघ, काठमाण्डौ। ट्राफिक नियम उल्लङ्घन गरे अब इसेवाबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ । केहि समय अघि मात्र इसेवामा आन्तरिक राजस्व कार्यालयकाे अनलाइन भुक्तानीसेवा सुरु भएको थियो ।
ओली समूहकाे उपत्यकामा मोटरसाइकल र्याली
२१ माघ, काठमाडौं । नेकपा ओली समूहले राजधानी उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्याली निकालिएको हो ।
माघ २३ गते काठमाडौंकाे जनसभामा ओलीले सम्बोधन गर्ने
२१ माघ,काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा राजनीतिक घटनाक्रमबारे सन्देश दिन काठमाडौंमा पहिलोपटक हुन लागेको सभा सफल बनाउन युवा, विद्यार्थी, किसान, महिला, बुद्धिजीवी, प्रेस, शिक्षक, अपाङ्गतालगायत पेशा र क्षेत्रका जनसंगठनलाई परिचालन गरेको हो ।
कोरोनाको शिक्षा क्षेत्रमा प्रभाव : ब्रह्मकुञ्ज मा.विका प्रअ अनिल पण्डितको अनुभव
कोरोना जोखिम रहेपनि सबै क्षेत्र खुलिसकेका छन् । व्यापार व्यवसाय, कलकारखाना, मठ मन्दिर मात्रै होइन दिनहुँ सभा समारोह समेत चल्दै आएका छन् । कोरोनाका संक्रमणका कारण प्रभावित नभएको क्षेत्र सायदै होला । सबै क्षेत्रलाई कुनै न कुनै रूपमा प्रभाव पारेको छ । सबैभन्दा ठुलो असर भविष्यका कर्णधार तयार पार्ने शिक्षा क्षेत्र अस्तब्यस्त छ । बालबालिका, विद्यालय तथा अभिभावकलाई समेत असहज छ ।
संसदीय अभ्यासबाटै प्रतिनिधिसभा विघटन भएको अधिवक्ता पन्तको तर्क
२१ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथिको सोह्रौंँ दिनको सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट आज पनि बहस गर्दै उहाँले संविधानको धारा ७४ को संसदीय अभ्यासअनुसार विघटन भएको जिकिर गर्नुभयो ।
खिर खान मान्दैनन् चेपाङ बालबालिका, पढ्न छाडेर कन्दमूलको खोजी
२१ माघ, चितवन । पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ ।
गोठाटार मै प्रसुति सेवा, अब सुत्केरी हुन महङगा अस्पतालमा जान नपर्ने
२१ माघ, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा रहेको गोठाटार स्वास्थ्य चौकीमा गत कार्तिक १ गते देखि २४ सै घण्टा प्रसुति सेवा (बर्थिङ्ग सेन्टर) संचालन भैरहेको छ । सुरु भएदेखि अहिले सम्म ८ जनाले प्रसुति सेवा लिनु भएको वडा नम्बर ९ का वडा अध्यक्ष कुन्दन खड्काले जानकारी दिनुभयो।
भोलि प्रचण्ड -माधव समूहले आम हड्ताल गर्ने
२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड -माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । उक्त समुहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।
सुनको भाउ ६ सय रुपैयाँले घट्यो, तोलाको कति ?
२१ माघ, काठमाण्डाै। नेपाली बजारमा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार रुपैयाँमा झरेको महासंगमहासंघले जनाएकाे छ ।
लकडाउन हिरो क्याप्टेन टोम मुरेको निधन
२१ माघ, एजेन्सी । विश्वमा कोरोना भाइरस (कोभिड-१९) सँग जुध्नको लागि बेलायतलाई लाखौँ डलर सहयोग जुटाउने सय वर्षीय क्याप्टेन सर टोम मूरेको मंगलबार कोरोनाको कारण निधन भएको छ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको सानदार जित
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ९–० ले पराजित गरेको हो । पहिलो हाफमा चार गोलको अग्रता लिएको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा थप पाँच गोल गरेको हो ।
आज माघ २१ गते बुधबार, कस्तो छ तपाईंको दिन ? हेर्नुहोस् राशिफल












