इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ९–० ले पराजित गरेको हो ।
पहिलो हाफमा चार गोलको अग्रता लिएको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा थप पाँच गोल गरेको हो ।
कीर्तिमानी जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४४ अंक भएको छ । उसले दुई खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ ।
[sidebar name="button post"]









