कोरोनाको शिक्षा क्षेत्रमा प्रभाव : ब्रह्मकुञ्ज मा.विका प्रअ अनिल पण्डितको अनुभव

  • 264
  •  
  •  
  •  
  •  
  •  
  •  
    264
    Shares

प्रविणराज चालिसे

कोरोना जोखिम रहेपनि सबै क्षेत्र खुलिसकेका छन् । व्यापार व्यवसाय, कलकारखाना, मठ मन्दिर मात्रै होइन दिनहुँ सभा समारोह समेत चल्दै आएका छन् । कोरोनाका संक्रमणका कारण प्रभावित नभएको क्षेत्र सायदै होला । सबै क्षेत्रलाई कुनै न कुनै रूपमा प्रभाव पारेको छ । सबैभन्दा ठुलो असर भविष्यका कर्णधार तयार पार्ने शिक्षा क्षेत्र अस्तब्यस्त छ । बालबालिका, विद्यालय तथा अभिभावकलाई समेत असहज छ ।

विद्यालय खुले : जोखिम कायमै

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको ब्रह्मकुञ्ज माध्यमिक विद्यालयका प्रध्यानाध्यापक अनिल पण्डितका अनुसार महानगरपालिकाको निर्देशनमा सबै जसो विद्यालयहरू खुलिसकेका छन् । उहाँ भन्नुहुन्छ,‘कोरोनाका कारण लामो समयदेखि विद्यालय बन्द गर्नुपर्यो, शैक्षिक सत्र सकिन लागिसक्यो । तमाम व्यापार व्यवसाय, यातायात, पार्टि प्यालेस खुलिसक्यो, त्यसैले विद्यालय जस्तो महत्वपुर्ण स्थल खोलिएको हो ।’

पण्डित भन्नुहुन्छ,‘हामीले सरकरको निर्देशनको पालना गरेर पालिकासँग सहमति गरेर मङ्सिरको २१ गतेदेखि विद्यालय सञ्चालन गरेका हौँ । वास्तवमा धेरै अभिभावकहरू आफैं पनि बालबालिकालाई विद्यालय पठाउन चाहनुभएको थियो । विद्यार्थीको राम्रो उपस्थितीले पनि हामीले विद्यालय संचालन गरेका हौँ ।’ विद्यालय खुलेपनि जोखिम भने कायमै छ । कोरोनाको १० लाख डोज खोप नेपाल आएर लगाउन थालिए पनि सबैले पाउन समय लाग्ने विज्ञले बताएका छन् ।

सचेतना र सजगता

प्रध्यानाध्यापक पण्डितका अनुसार कक्षा सञ्चालन हुँदा सचेतना र सजगता अपनाइएको छ । सरकारले लागू गरेका स्वास्थ्य मापदण्ड पालना गरिएको छ । पहिले कक्षा ९ र १० को मात्र कक्षा सञ्चालन भयो । उहाँ भन्नुहुन्छ,‘त्यसपछि हामीले कक्षा ४ सम्म खोल्यौं । त्यस भन्दा कम कक्षाका विद्यार्थीलाई अनलाइनबाटै पढाइ राखेका छौँ । विद्यार्थीहरुको हरेक कृयाकलापलाई हामीले नजिकबाट नियालौं ।

सकेसम्म विद्यार्थीको अगाडि रहेर उनिहरूलाई एक अर्काको सामान नचलाउने, आफ्नो हात अरूको सामानमा नलैजाने र अरु सचेतनाका कुराहरु बारम्बार भन्दै आएका छौ । साथसाथै विद्यालयमा स्यानिटाईजरको प्रयोग अनिवार्य छ । सर्जिकल माक्सको प्रयोग गर्न लगाएका छौँ । हरेक विद्यार्थीका लागि फरक फरक कुर्ची छन् । अलग ग्राउण्ड छन् ।

हामीले दुई वटा ब्रेक राखेर विद्यालय सञ्चालन गरेका छौ । विद्यार्थीहरूलाई ब्रेकमा बाहिर ग्राउण्डमा जान नदिइ शिक्षक आफैं निगरानीमा खाजा खाने व्यवस्था गरेका छौ ।’ त्यसैगरि ब्रेक राख्दा शौचालय जान पनि भिड हुने देखेर शौचालयको ब्रेक हटाएर विद्यार्थीलाई जुन बेलामा मन लाग्छ, त्यहि बेलामा जाने नियम राखिएको छ ।

अनिवार्य रुपमा तातो पानी पिउन लगाउने र साबुनपानीले बारम्बार हात धुनुपर्ने, विद्यार्थीहरुले पनि बारम्बार बिर्सन्छन् त्यसैले सम्झाउने गरिएको छ । र यसलाइ दैनिक रूपमा गर्ने लागू गर्ने गरिएको छ । अहिले सहज रुपमा कक्षा चलेका छन् । अब छिट्रटै कोरोना विरुद्धको खोप लगाउन पाउने आश छ । जसले गर्दा थप सुरक्षित हुन सकिन्छ ।


  • 264
  •  
  •  
  •  
  •  
  •  
  •  
    264
    Shares