Ad #144479

२१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ३ हजार ५९७ जनाको पीसीआर परीक्षण भएकोमा १४२ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६७ हजार ६५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २०६ जनाले कोरोना जिते ।

यसैगरी २४ घण्टामा एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमित मृतकको संख्या २ हजार ३१ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।