२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड -माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । उक्त समुहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।
संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ ।
भोलि हुने हड्ताल घोषणा गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रूपमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
संवैधानिक निकायहरूमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड नेपाल समूह समेत आपत्ति जनाएको छ। संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइ बिनै आज सपथ लिएका थिए।
[sidebar name="button post"]











