संवैधानिक निकायहरुको नियुक्ति निरंकुशतन्त्रको पराकाष्टा : श्रेष्ठ

२१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-पाल समूहले बाध्य भएर बिहीबार आमहड्ताल घोषणा गर्नु परेको बताएको छ।  बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याँई र निरंकुशतन्त्रको पराकाष्टा भएको बताएका छन् ।

आमहड्ताल अनुसार भोलि अस्पताल, प्रेष, पानी, दूध, एम्बुलेन्सबाहेक सबै कुरा बन्द गरिने छ। हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् ।

परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ । यसअघि नै प्रचण्ड(नेपाल समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो तर त्यसमा आमहड्तालको कार्यक्रम थिएन।