18 - 18Shares
रमिता दंगाल
२१ माघ, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा रहेको गोठाटार स्वास्थ्य चौकीमा गत कार्तिक १ गते देखि २४ सै घण्टा प्रसुति सेवा (बर्थिङ्ग सेन्टर) संचालन भैरहेको छ । सुरु भएदेखि अहिले सम्म ८ जनाले प्रसुति सेवा लिनु भएको वडा नम्बर ९ का वडा अध्यक्ष कुन्दन खड्काले जानकारी दिनुभयो।
सुत्केरीदेखि लिएर नवजात शिशु स्याहार, सुरक्षित गर्भपतन साथै सुत्केरीपछि हुने जटिलता र सुत्केरीपछि पनि चेकजाँच गरिने वडा अध्यक्ष खड्काले कागेश्वरी खबरलाई बताउनु भयो।
काठमाण्डौ महानगरपालिकासँग जोडिएको नगरपालिका भएपनि पैसाको अभावमा सुत्केरी हुन महङगा अस्पतालमा जान नसक्नेहरु कागेश्वरी मनोहरा नगरपालिकामा अझै छन् । ति महिलाहरुलाई लक्षित गरेर बर्थिङ सेञ्टर सञ्चालन गरिएको हो ।
घरमै सुत्केरी हुँदा जटिल अवस्थाका कारण ज्यान नै जान सक्ने भएकाले बर्थिङ सेञ्टर सञ्चालनमा ल्याइएको हो ।

18 - 18Shares