Ad #144479

२१ माघ, एजेन्सी । विश्‍वमा कोरोना भाइरस (कोभिड-१९) सँग जुध्नको लागि बेलायतलाई लाखौँ डलर सहयोग जुटाउने सय वर्षीय क्याप्टेन सर टोम मूरेको मंगलबार कोरोनाको कारण निधन भएको छ।

टोमले ३३ मिलियन पाउण्ड एनएचएस च्यारिटीको लागि उठाएको बीबीसीले जनाएको छ। टोमको निधनप्रति बेलायतकी महारानीले समवेदना व्यक्त गरेकी छन्।

टोम विगत एककप्तादेखि नै कोरोना संक्रमणको सिकार भएका थिए। तर उनले कोरोना विरुद्धको खोप लिएका थिएनन्।