गाजामा इजरायली आक्रमण : खाने कुराको लाइनमा बसेका १५ जनाको मृत्यु

JPG converted with https://ezgif.com/webp-to-jpg

गाजाको अस्पताल अगाडि पोषणयुक्त खानेकुराका लागि लाइनमा बसिरहेका १५ प्यालेस्टाइनीको इजरायली आक्रमणबाट मृत्यु भएको छ।

यसरी मारिने मध्य आठ बच्चा तथा दुई महिला समेत छन्। डेयर अल बलाहामा रहेको अल अक्सा सहिद अस्पतालले सार्वजनिक गरेको भिडियोमा बच्चा ढलेको प्रस्ट देख्न सकिन्छ।

त्यहाँ सहयोग गरिरहेको अमेरिकाको परियोजना ‘प्रोजेक्ट होप’ ले यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप रहेको जनाएको छ।

इजरायली सेनाले हमासको सैन्य शक्तिमा लक्षित आक्रमण भए पनि सर्वसाधारणको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।

हमास र इजरायल युद्ध विरामका लागि वार्ता गरिरहेको भए पनि बिहीबार ६६ जना प्यालेस्टाइनीको इजरायली आक्रमणमा ज्यान गएको हो।

अस्पतालको अगाडि कुपोषण, सङ्क्रमण, क्रोनिक रोग तथा अन्य धेरै रोगले प्रभावित लाइन लागेर बसेको समयमा सो आक्रमण भएको हो। सामाजिक सञ्जालमा राखिएको भिडियोमा आक्रमण भए लगत्तै धेरै बाल बालिका उफ्रिएर भुइँमा ढलेको देखिएको छ।

[sidebar name="button post"]