वैशाखयता विपद्‍मा परेर ८४ जनाको मृत्यु, २६ जना बेपत्ता

गएको वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ। यस अवधिमा विपद्‍मा परेर २६ जना बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण तथा व्यवस्थापन प्राधिकणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै देशभर चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन्। चट्याङमा परेर १५५ जना घाइते भएका छन्।

चट्याङपछि आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन्।

त्यसैगरि जनावरको आक्रमणबाट ११ जना, उच्च हिमाली भेगमा लेक लागेर ११ जना बाढीमा परेर नौ जना, हावाहुरीबाट आठजना, पहिरोमा परेर पाँचजना, सर्पको टोकाइबाट ३ जना र  भारी वर्षाको कारण १ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

[sidebar name="button post"]