युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै शक्तिशाली हतियार पठाउने बताएका छन्। साथै उनले रुस ५० दिन भित्रमा शान्ति वार्ताका लागि तयार नभएमा रुसी सामानमा कडा करको नीति पनि लिने बताएका छन्।

‘हामीले युक्रेनको यसो गर्न चाहेमा गर्न सक्छ भन्ने प्रमाणित गर्नु छ,’ नाटो प्रमुख मार्क रुटसँग वासिङ्टनमा भएको भेटमा उनले भने।

अमेरिकाले नाटो मार्फत हतियार पठाउने चाहेको कुरा रुटले स्वीकार गरे। युरोपेली देशले नै युक्रेनलाई प्याट्रियक एयर डिफेन्स सहयोग गर्ने भइसकेका छन्। यसले रुसले गर्ने भीषण आक्रमणबाट बचाउने अपेक्षा गरिएको छ।

ट्रम्प र युरोपेली नेताको बीचमा मिसाइल र गोला बारुदको विषयमा पनि वार्ता भएको छ।
ट्रम्पले यस ‘टप अफ द लाइन हतियार’को व्ययभार बिलियन डलर भए पनि युद्ध मैदानमा भएकाका लागि सहयोग गर्ने बताए।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले ट्विटरमा पोस्ट गर्दै रुटसँगको बैठकपछि उनको ट्रम्पसँग कुरा भएको बताउँदै युक्रेनलाई सहयोग गर्दै मान्छे मर्नेक्रम रोक्ने चाहना राखेकोमा धन्यवाद दिएका छन्।

रुसी आक्रमणबाट बच्दै त्यहाँका बासिन्दाको ज्यान जोगाउने विषयमा ट्रम्पसँगको वार्ता केन्द्रित भएको उनले बताए।

[sidebar name="button post"]