२१ माघ, एजेन्सी । संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)का दुई जना एजेन्टको गोली हानी हत्या भएको छ । सन् २००८ पछि अमेरिकामा कामको शिलशिलामा रहेका एफबिआई कर्मचारीको हत्या भएको यो पहिलो पटक हो।
फ्लोरिडाको सनराइजस्थित एउटा घरमा बच्चाहरूमाथि अपराध भएको उजुरीका आधारमा अदालतले दिएको पक्राउ पुर्जी लिएर पुगेका एजेन्टहरूमाथि स्थानीय समय अनुसार मंगलबार बिहान ६ बजे गोली हानिएको समाचार संस्था रोयटर्स जनाएको छ ।
एफबिआई एजेन्टहरू घरमा जानासाथ घरभित्र भएका मानिसले गोली हानेका थिए। फ्लोरिडा राज्यको एउटा घरमा जाँदा उनीहरूमाथि गोली हानिएको हो।
[sidebar name="button post"]









