ओली समूहकाे उपत्यकामा मोटरसाइकल र्‍याली

२१ माघ, काठमाडौं । नेकपा ओली समूहले राजधानी उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्‍याली निकालिएको हो ।

यो समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित र्‍याली निस्किएको छ । बालकुमारी पुलबाट शुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिने छ ।

बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गरेकाे बताएकाे छ ।