२१ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते गर्ने भनिएको प्रतिनिधि सभाको निर्वाचनको लागि ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने बताएको छ । अनुमानित बजेट आज बुधबार सरकारसमक्ष पेश गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियका अनुसार कूल निर्वाचन खर्चमध्ये ६ अर्ब ७२ करोड रुपैयाँ निर्वाचन व्यवस्थापनका लागि र ३७ करोड कोभिड व्यवस्थापनका लागि खर्च हुने अनुमान छ ।
संविधान जारी भएपछि पहिलोपटक गरिएको प्रतिनिधि सभाको निर्वाचनमा सात अर्ब ४७ करोड रुपैयाँ लागेको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आगामी २०७८ सालको प्रतिनिधि सभा निर्वाचनमा खर्च कम लाग्नुको मुख्य कारण २०७४ सालकै निर्वाचनमा प्रयोग गरिएका सामग्री, उपकरण र प्रविधिलाई पुनः उपयोग गरिने हो ।












