आमहड्तालमा गैरकानुनी क्रियाकलाप गरे नियन्त्रणमा लिन्छाै : प्रवक्ता कुवँर

२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षले भोलि आमहड्तालको घोषणा गरेको छ । प्रहरीले आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरमा ल्याउने बताएको छ ।

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार भोलि आमहड्तालको घोषणा गरेको हो । उक्त कुराको अहिले सर्वत्र रुपमा विरोध भईरहेको छ ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने नेकपाले जनाएको छ ।

प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरे पनि गैरकानुनी क्रियाकलाप गरे नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले बताएका छन् ।