डिप्रेसनको लक्षण देखिएमा यसो गर्नुहोस्

मानिसहरुले जीवनमा विभिन्न अवस्थाहरु पार गरेका हुन्छन्। हरेकलाई कुनै न कुनै प्रकारका तनाव वा चिन्ताले घेरिरहेको हुन्छ। तनाव र चिन्ता नभएको जीवन कसको पो होला र ? जीवनको कुनै न कुनै परिस्थितिमा मानिसलाई कुनै न कुनै विषयको चिन्ताले सताउने गर्दछ ।

कुनै पनि समस्याको हल चिन्ता लिनु होइन । हामीले हाम्रो समस्याहरुलाई खोजेर यसको समाधान गर्नुपर्दछ। समस्याको समाधान नै तनाव र चिन्ताबाट बच्ने उत्कृष्ट विकल्प हो । अन्यथा मानिसलाई चिन्ता र तनावले डिप्रेसनमा लैजान सक्छ ।

डिप्रेसन भए नभएको कसरी थाहा पाउने त ?

डिप्रेसन भए नभएको थाहा पाउने केहि लक्षणहरु:
राम्रोसंग निन्द्रा नलाग्ने
अनावश्यक कुराहरुको चिन्ता लाग्नु
भोक लाग्न छोड्नु
परिश्रमबिना नै थकान महशुस हुनु
एक्लै बस्न रुचाउनु
आत्मविश्वास हराउँदै जानु
उत्तेजना बढ्नु
अधैर्य रहनु
एकचित्त भएर बस्न नसक्नु

डिप्रेसनबाट कसरी बच्ने ?

डिप्रेसन भएका मानिसहरुलाई बचाउन सबैभन्दा ठुलो भूमिका परिवारका सदस्य र साथीभाईको हुन्छ। उनीहरुलाई यस अवस्थाबाट निकाल्न निम्नलिखित कुराहरुको उपयोग गर्नुहोस्:

डिप्रेसनको लक्षण देखिएको मानिसहरुको मस्तिष्क शान्त र स्थिर हुन जरुरी छ। सकेसम्म उनीहरुलाई उचित व्यायाम र सन्तुलित खानपानको उचित व्यवस्था गरिदिनुहोस् ।

डिप्रेसनको लक्षण देखिएकासंग खुलेर कुराकानी गर्नुहोस् । उनिहरुसंग धेरै घुलमिल गर्नुहोस् र उनीहरुको कुरालाई उत्साहित हुदैँ सुन्नुहोस्।

डिप्रेसनक शिकार भएका मानिसहरुलाई एक्लै नछोड्नुहोस्। उनीहरुलाई घुमाउन लैजानुहोस् ।

डिप्रेसन भएका मानिसहरुलाई हसाउने, मनोरञ्जन गराउने र उसलाई व्यस्त बनाउन कोशिस गर्नुहोस् ।

डिप्रेसन भएका मानिसहरुमा आत्मविश्वास एकदम न्युन हुने भएकाले उनीहरुलाई कमजोरी महसुश हुन नदिनुहोस् । उनीहरुको आत्मविश्वास बडाउन हौसला प्रदान गर्नुहोस् ।