आजका मुख्य समाचारमा
राष्ट्रपतिद्धारा राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान
१२ पुष, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजित १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चिनियाँ टोली राष्ट्रपति कार्यालय शितलनिवास
नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ । केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो ।
दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न शुरु
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न शुरु गरेको छ ।
बजारमा खाने तेलको मूल्य मनपरी तर अनुगमन शून्य
बजारमा खानेतेलको मूल्य बढेपनि सम्बन्धित निकाय भने मुकदर्शक बनेको छ । बजारमा भटमास र सूर्यमुखीको विभिन्न ब्राण्डका तेलको मूल्य मनपरी ढंगले बढ्दा पनि अनुगमनकारी निकाय मुकदर्शक बनेको हो ।
आउँदो माघभित्रै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी
सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ ।
अविश्वासको प्रस्ताव सुविधाजनक बहुमतले सामना गर्न तयार छु : राई
प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव सुविधाजनक बहुमतले सामना गर्न तयार रहेको बताएका छन् ।
आज कति भए कोरोनामुक्त ?
२४ घण्टा यता नेपालमा थप ७ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमण डिस्चार्ज भएका छन् ।
प्रचण्ड–नेपाल र ओली पक्षका कार्यकर्ताबीच कुटाकुट
सत्तारुढ नेकपाको जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच सामान्य कुटाकुट भएको छ ।
२४ घण्टा यता कति थपिए नेपालमा कोरोना संक्रमित ?
२४ घण्टा यता नेपालमा थप ४८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
चिनियाँ उपमन्त्रीद्धारा नेपाली सुरक्षाकर्मी बोक्न अस्वीकार
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा काठमाडौं आएको टोलीले नेपाली सुरक्षाकर्मी साथमा लिन अस्वीकार गरेको छ ।
लेबनानमा पनि कोरोनो भाइरसको नयाँ संक्रमण भेटियो
लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ ।बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताउनुभएको छ ।
संसद विघटनविरुद्ध जसपाकाे काठमाडौंमा विशाल प्रदर्शन
संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवलगायत दलका नेताहरूको सहभागितामा जसपाले काठमाडौंमा विशाल प्रदर्शन गरेको हो ।
नेकपा फुट हुनबाट जोगाउलान् त चिनियाँ उपमन्त्रीले ?
दक्षिण एसियामै नेपालमा बलियो कम्युनिष्ट सरकार बनेकोमा सन्तोष गरेको उत्तरी छिमेकी चीन नेकपामा विभाजन आएपछि चिन्तित देखिएको छ ।
ट्याक्टरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु
काठमाडौंमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
जापानमा पनि विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक
जापानले नेपाल लगायतका मुलुकहरुबाट जाने विदेशी नागरिकहरुलाई देशभित्र प्रवेश गर्न नदिने भएको छ । जापानमा कोरोना भाइरसको नयाँ प्रकार भेरियन्ट भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको हो ।
युरोपेली मुलुकहरुमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु
युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान शुरु गरेको छ ।
सैनिक हेलिकप्टर दुर्घटना हुँदा ४ जनाकाे मृत्यु
पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ ।
आज कति छ सुनको मूल्य ?
निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले यथावत रहेको छ ।
क्रिकेटमा भविष्य खोज्दै बिपीशा शाही : कडा मेहनत गर्दै उद्देश्य तर्फ लम्कदै
प्रधानमन्त्री कपका लागि काठमाण्डौबाट महिला टिममा छनौट हुनुभएको छ, बिपीशा शाही । उहाँ प्रधानमन्त्री कपको तयारीमा नै हुनुहुन्छ । शाहीले अरु धेरै क्रिकेट म्याच खेलिसक्नु भएको छ ।
मोबाइल चार्ज लगाउँदै गर्दा घरमा आगलागी
एक घरमा आगलागी भएको छ । मोबाइल चार्ज लगाउने क्रममा घरमा आगलागी भएको बताइएको छ ।
पश्चिमी वायुको प्रभाव : आज पनि तराईमा हुस्सु
जल तथा मौसम पूर्वानुमान महाशाखा देशभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ । पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको महाशाखाले जनाएकाे हाे ।
गुडिरहेको मोटरसाइकल चाबहिलको पुलबाट खस्दा चालकको मृत्यु
शनिबार राती काठमाडौंको चाबहिल गोपिकृष्णहल नजिकैको पुलबाट खसेर एक जनाको ज्यान गएको छ । बा २६ प ४०२१ नम्बरको मोटरसाइकलका चालक सिन्धुली घर भएका २७ वर्षका लोकनारायण श्रेष्ठको पुलबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।












