Ad #144479

१२ पुष, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा काठमाडौं आएको टोलीले नेपाली सुरक्षाकर्मी साथमा लिन अस्वीकार गरेको छ । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेर बाहिरिदा उनीहरुले नेपाली सुरक्षाकर्मी बोक्न अस्वीकार गरेका हुन् ।

एयर चाइनाको फ्लाईटमार्फत नेपाल आएका गुओ योझाउको टोली विमास्थलबाट नेपाली सुरक्षाकर्मी नलिइकन निस्के । उपमन्त्रीको टोलीले आफ्नै तरिकाले भेटघाट गर्ने भन्दै सुरक्षा नलिएको बताएका छन् ।

सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेका काठमाडौं आएका उनीहरु सत्तारुढ नेकपाभित्रको विवाद मिलाउने प्रयासमा छन् । तर नेपाली सुरक्षाकर्मी नलिने टोलीले थप केही गोप्य रणनीति बनाएको हुन सक्ने अनुमान गरिएको छ ।