Ad #144479

१२ पुष, कञ्चनपुर । सत्तारुढ नेकपाको जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच सामान्य कुटाकुट भएको छ ।

प्रचण्ड-माधव समूहले दिउँसो १२ बजे बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेपछि कुटाकुट भएको हो ।

कञ्चनपुरका नेताहरुका अनुसार ओम बस्नेत लगायतका नेताले ताला खोल्न खोजेपछि विवाद भएको थियो । स्थिति उग्र हुने संकेत पाएपछि प्रशासनले समन्वय गरेर बैठक स्थगित गर्न अनुरोध गरेको छ । कार्यक्रम रोकिने भएपछि कुटाकुट बन्द भएको थियो ।