१२ पुष, काठमाडौं । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवलगायत दलका नेताहरूको सहभागितामा जसपाले काठमाडौंमा विशाल प्रदर्शन गरेको हो ।
र्याली, नारावाजी गर्दै जसपा कार्यकर्ताहरू शान्तिबाटिकामा कोणसभामा पुगेका छन्। शीर्ष नेताहरूले यो कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेका थिए।
उक्त कदम असंवैधानिक भएको भन्दै जसपाले पुस ८ गतेदेखि नै प्रदर्शन गरिराखेको छ। संसद विघटनविरुद्ध पुष १२ गते कांग्रेसले प्रदर्शन गर्दैछ भने पुष १४ गते सत्तारुढ नेकपाले प्रदर्शन गर्दैछ ।
[sidebar name="button post"]









