१२ पुष, काठमाडौं । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव सुविधाजनक बहुमतले सामना गर्न तयार रहेको बताएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता भएको सूचना पाएपछि पत्रकाहरूसँग भेटघाट गर्दै संघीयतालाई ‘कोल्याप्स’ गराउने मनसायले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको आरोप लगाएका छन् ।
प्रदेश सरकार असक्षम भएर होइन, काम गर्न नसकेर होइन । मुख्यमनत्रीले नाजायज काम गरेपनि होइन । यो प्रस्ताव सुनियोजित बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशमा अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत गर्न नदिन आएको हो’, मुख्यमन्त्री राइको भनाइ छ ।












