१२ पुष, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजित १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियाे ।
संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गरेकी छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो ।












