Ad #144479

१० पुष, काठमाडौं । बजारमा खानेतेलको मूल्य बढेपनि सम्बन्धित निकाय भने मुकदर्शक बनेको छ । बजारमा भटमास र सूर्यमुखीको विभिन्न ब्राण्डका तेलको मूल्य मनपरी ढंगले बढ्दा पनि अनुगमनकारी निकाय मुकदर्शक बनेको हो ।

खुद्रा बिक्रेताहरुका अनुसार पछिल्लो डेढ महिनामा भटमास र सुर्यमूखी तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो ।  तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयबिन तेल १९० देखि ९५ रुपैयाँ पुगेको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्‍याइएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

होलसेलमै मूल्य बढ्दा उपभोक्ता मूल्य भने पसलैपिच्छे फरक रहेको उपभोक्ताहरु बताउँछन् । डेढ महिनामा तेलको भाउ लिटरमा ५० रुपैयाँसम्मले बढेको छ । यसरी भाउ अचाक्ली बढेपनि सरकारी अनुगमन भने शून्य छ ।

तेलको भाउ बढेको विषयमा सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर छलफल गरेको अनुगमनकारी सरकारी निकाय वाणिज्य, आपूति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ । अनुगमन गरेर कारबाही भने कसैलाई गरिएको छैन् ।