आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

१० पुस, काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४८ हजार २९२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।

हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।

[sidebar name="button post"]