कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा

पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जे मन लाग्यो त्यही बोलेर हिँड्ने ? : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिनुभएको छ ।

भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने छ : पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताउनु भएको छ ।

खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

जनसेवा समाज नेपाल र डिटुएन फाउण्डेशन अमेरिकाको साझेदारीमा खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता भोलि हुँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना

 विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् ।

टिकटकका कारण एक विद्यार्थीको परीक्षा रद्द

सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।

नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल हुँदै : मन्त्रि अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताउनुभएको छ ।

अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै, तेइस सय अनलाइन सञ्चारमाध्यम दर्ता

पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।

निर्वाचनका लागि तयारीमा रहन आग्रह : नेता नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ ।

बझाङमा स्थानीय तहको हिउँदे अधिवेशन शुरु

जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन् । अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् ।

आयोजना मर्मत नहुँदा १५६ किलोवाट जलविद्युत् प्रयोगविहीन

लघुजलविद्युत् आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत् प्रयोगविहीन बनेको छ ।

अपहेलना मुद्दामा लिखित जवाफ दिएर प्रधानमन्त्री ओली सर्वोच्च अदालतबाट फर्के

 अपहेलना मुद्दामा सम्बन्धि लिखित जवाफ दिएर प्रधानमन्त्री केपी ओली सर्वोच्च अदालतबाट फर्केका छन् ।

गाउँपालिकाले सुनौला हजार दिनका आमालाई फिल्टर वितरण

कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । ‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको हो ।

ललाइफकाई भारततर्फ लैजाँदै गरिएकी एक महिलाको उद्धार

प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ ।

आज सुनको मूल्य ६ सयले घट्यो

नेपाली बजारमा आज बिहिबार सुनको मुल्य तोलामा ६०० रुपैंयाले घटेको छ ।

अस्ट्रेलियामा फेसबुकले समाचारमा प्रतिबन्ध लगायो

सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको हो । फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना वा जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने जोखिम बढेको छ ।

भारतमा पहिलो पटक महिलालाई फाँसी दिइने

भारतमा पहिलो पटक महिलालाई फाँसी दिइने भएको छ । फाँसी कहिले हुन्छ ? भन्‍ने कानुन तारिख भने तय गरिएको छैन ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनलाई पराजित गरेर सिटीले लियो अग्रता

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई ३–१ ले पराजित गरेर सिटीले अग्रता बढाएको हो ।

आज फागुन ६ गते बिहिबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल फागुन ६ गते बिहिबार। तपाईंको राशिफल
[sidebar name="button post"]