सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको हो । फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना वा जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने जोखिम बढेको छ ।
समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।
अस्ट्रेलिया बाहिर रहेकाहरुले पनि फेसबुकमा त्यहाँको समाचार पढ्न पाउने छैनन् । प्रस्तावित कानून बुधबार अस्ट्रेलियाको तल्लो सदनबाट पारित भएको थियो ।
बिहीबार बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका हुन् । यस्तै महत्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् ।
[sidebar name="button post"]









