जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? : देउवा

६ फागुन, काठमाण्डौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा फैसला गर्ने काम अदालतको भएकाले कुर्न आग्रह गर्नु भएकोछ । जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो भन्दै उहाँले प्रश्न गर्नु भएकोछ ? ।

नेपाल राष्ट्रिय मगर संघको पोखरामा भएको गण्डकी प्रदेश सम्मेलनमा बोल्दै देउवाले कांग्रेसका क्रियाशील सदस्य आन्दोलनमा बोलाए पनि नआउने दाबी गर्नुभएकोछ। देउवाले भन्नुभयो ‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन,ठाउँ/ठाउँमा जुलुस पुर्‍याउन पनि सक्दैन, हामीसित जुलुस गर्न पैसा पनि छैन।

प्रधानमन्त्री ओलीले हठात् संसद विघटन गरेर ठूलो ध्रुवीकरण गरेको देउवाको दाबी छ।‘कोही यो ठिक हो भन्छन्, त कोही ठिक होइन भन्छन्,’ उहाँले भन्नुभयो, ‘चार वटा कुरा छ, संसद विघटन संवैधानिक कि असंवैधानिक र संसद पुनर्स्थापना कि चुनाव।’

कांग्रेसले के गर्ने भन्नेबारे मिटिङ भइरहेको देउवाले बताउनुभयो। हालको अवस्थामा अदालतलाई यसो गर उसो गर भन्न पाइँदा पनि पाइँदैन।

[sidebar name="button post"]