Ad #144479

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई ३–१ ले पराजित गरेर सिटीले अग्रता बढाएको हो ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५६ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानको लेस्टर सिटीको समान खेलबाट ४६ अंक छ ।

लिग लिडर म्यानचेस्टर सिटीले १० अंकको अग्रता कायम गरेको छ ।

लिग अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा फुलह्याम र बर्नलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।