अपहेलना मुद्दामा लिखित जवाफ दिएर प्रधानमन्त्री ओली सर्वोच्च अदालतबाट फर्के

६ फागुन, काठमाण्डौ । अपहेलना मुद्दामा सम्बन्धि लिखित जवाफ दिएर प्रधानमन्त्री केपी ओली सर्वोच्च अदालतबाट फर्केका छन् ।

बिहीबार मध्यान्ह लिखित जवाफ दिएर प्रधानमन्त्री ओली सर्वोच्चबाट फर्किएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओली अदालत पुगेको १५ मिनेटमा जवाफ बुझाएर फर्किएका हुन्। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए ।

सर्वोच्च अदालतले ओलीलाई सात दिनभित्र आफैँ आएर लिखित जवाफ लिएर आउन आदेश दिएको थियो ।

[sidebar name="button post"]