गाउँपालिकाले सुनौला हजार दिनका आमालाई फिल्टर वितरण

६ फागुन, मान्म। कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । ‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको हो ।

स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिनुभयो ।

‘‘पोषणका कारणले कुषोषणलगायतका अन्य समस्या नआउन भनेर स्वच्छ खानेपानी खानका लागि फिल्टर वितरण गरिएको छ’’, उहाँले भन्नुभयो,“सुनौला हजार दिनका आमाहरुलाई पोषिलो खानेकुरा पनि वितरण गर्दै आएका छौं ।”गाउँपालिकाभरि ६२५ आमालाई यस पटक फिल्टर वितरण गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सुनौला हजार दिनका आमा तथा बच्चाको स्वास्थ्यमा सुधार मातृ मृत्युदरमा पनि कमी आउनेछ ।”दुर्गम पहाडी क्षेत्रमा पोषिला खानेकुरा नहुँदा विशेष गरी बालबालिकालाई कुषोषण भएको पाइएको छ । बालबालिकामा कुपोषण हटाउनका आमालाई जानकारी दिने कार्यक्रम सञ्चालनमा रहेको उपाध्यक्ष बुढाको भनाइ छ ।

[sidebar name="button post"]