सुदूरपश्चिममा १५ जनामा कोरोना संक्रमण

धनगढी- सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २०६ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरू मध्ये १४ जनाको एन्टिजेन र एक जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।