आज सुनको मूल्य ६ सयले घट्यो

६ फागुन, काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मुल्य तोलामा ६०० रुपैंयाले घटेको छ ।

हिजो प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ८९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।बिहिबार तेजावी सुनको मुल्य ८८ हजार ७५० रुपैंयामा कारोबार हुनेछ ।

यस्तै चाँदीको मुल्य पनि आज तोलामा ५ रुपैंयाले घटेको छ । हिजो १३ सय ४० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १३ सय ३५ रुपैंया रहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]