आजका मुख्य समाचारमा
मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थीहरूकाे प्रदर्शन
२७ माघ, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । धनगढीस्थित मुख्यमन्त्री कार्यालयअगाडि मंगलबार दिउँसो विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
निर्वाचन आयोगबाट ओली सिधै शीलतनिवास पसे
२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओली आउने बैशाखमा निर्धारित चुनाव गर्न बाहिर जति आतुर देखिन्छन्, भित्रभित्रै सत्ता लम्ब्याउने षडयन्त्रमा पनि त्यत्तिकै सक्रिय छन् । आज बिहानै ओली निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया जारी राख्न निर्देशन दिन पुगे । आयोगमा उनले निर्धारित समयमै निर्वाचन गर्न आयोगलाई आफू आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए ।
आज थप १६० जनामा संक्रमण पुष्टि, दुई जनाको मृत्यु
२७ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार एक सय ६० जनामा कोरोना पुष्टि भएको हो।
कमलपोखरीलाई जोगाउन नगरप्रमुखकै नेतृत्वमा प्ले कार्ड बोकेर प्रदर्शन
२७ माघ, भक्तपुर। मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका सयौँ बासिन्दा उर्लिएका छन् । भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा आज मध्यपुरथिमिका बासिन्दा, जनप्रतिनिधि एवं कमलपोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना दिएका छन् ।
यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्दै
२७ माघ, काठमाण्डौ। निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्राएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् ।
माघ ७ गतेदेखि बन्द रहेको तातोपानी नाका पुनः सञ्चालन
२७ माघ, चौतारा। नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि पुनःसुसञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो ।
भारतमा हिमपहिरोका कारण २६ को मृत्यु, अझै १८० बेपत्ता
२७ माघ, नयाँ दिल्ली। भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ ।हिमपहिरोका कारण अरु १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीहरुले बेपत्ता भएका व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् ।
निर्वाचनको कामलाई निरन्तर अघि बढाउन प्रम ओलीको सुुझाव
२७ माघ, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुुभएको छ ।
त्रिविमा फागुन अन्तिम सातादेखि भौतिक उपस्थितिमा पढाइ
२७ माघ, काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ ।
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगको सुनुवाई शुरु
२७ माघ, वासिङ्टन। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा मङ्गलबारदेखि सुनुवाई शुरु हुँदैछ ।
विरोधसभामा सहभागी हुन प्रचण्ड–माधव समूहकाे अपील
२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गते बुधबार काठमाडौं उपत्यकामा विरोध सभा गर्ने भएको छ । मंगलबार अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त भिडियो सन्देश जारी गर्दै भोलीको विरोधसभामा सहभागी हुन सबैलाई अपील गरेको छन् ।
सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सम्पूर्ण सेवा नागरिक एपबाटै लिन सकिने
२७ माघ, काठमाण्डौ। सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् ।









