तिम्रा सोख र स्वार्थले यहाँ न्याय लिलाम भयो

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

खुसी खोज्दै हिड्नेले यहाँ बाटो बिरायछ
नजर तिम्रो कहिले त्यता गएन जहाँ बिहान बेलुका
दुई छाक टार्न गरिब मानिस रोहीरहेछ।।

के गर्छौ तिमी करोडौंको महलमा बसेर
खुसी हुन त्यहीबाट सिक,
जहाँ बेसाहारा बालक पाउँरोटीसँग पानी पिउंदै हासीरहेछ।।

न्याय,कानुन,इज्जत पैसामा लिलाम हुने समय आयो
हेरन हेर दुष्ट मनुवा हो,
ब्वासाहरुले कलिला चेलीहरु नङ्गाउदै कपडा च्यातीरहेछ।।

सत्य बोल्दैनौ तिमी जतिबेला तिम्रो मुख पैसाले टालीन्छ,
किन यति मौन छौ पापी हो
जब पिडितको आत्माले लोकमा हाँसो खोजीरहेछ।।

घामले प्रकाश सबैलाई बराबर दियो
जुनले ऊज्यालो दियो
न्याय किन पैसामा बिक्री भयो
जहाँ निर्मला पन्तको नाङ्गो शरीरले कपडा खोजीरहेछ।।

नेताले कुर्सी हेरे जनता हेरेनन
कर्मचारीले कमिसन हेरे काम हरेनन,
आश तिमी केको गर्छौ
जब सुख्खामा छट्पटी रहेको माछाले पानी खोजीरहेछ।।

हरियाली प्रकृतिको सान समझन्छु सगरमाथा
नेपालीको स्वाभिमान सम्झन्छु,
कस्तो दुष्ट छिमेकी पर्यो दैब
मैले मह काढ्य तर हात उसले चाटीरहेछ।

गरिबले माम पाएन, युवाले काम पाएन
मजदुरले दाम पाएन, किसानले मल पाएन,
जब देश माहामारीमा रुँदै गर्दा सरकार कुर्सी मिलाइरहेछ।।

अब युवा अघी बढौं , नेताको अनुहार पढौं
नियम कानुन न्याय सबैलाई समान हुनुपर्छ,
यहाँ सत्ता,पैसा र पावरको आडमा बलात्कारी भागीरहेछ।।

                                                   नबराज प्रसाईं


  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares