यमुना सापकोटा
अहिलेको समयमा मात्र नभई पहिलेदेखि चलिआएको रीति झैं मानिन्छ देखासिकिलाई । मानिसहरु हरेक कुरामा एक अर्काको नक्कल गर्न रुचाउँछन् । अझ सहज भाषामा भन्नुपर्दा अरुलाई देखाउनका लागि नै अरुभन्दा उत्कृष्ट बन्ने भाव राख्दछन् । कुरा राम्रो लुगा, मिठो खाना, राम्रो ठाउँमा घुम्न जाने मात्र नभई अहिले कुलतले पनि त्यत्तिकै स्थान पाइरहेको छ ।
कुलत मानिसहरूको पहिलो रोजाईमा परेको छ । कुनै उत्सव, पारिवारिक जमघट, साथीभाईहरूसँगको भेटघाट यी सबैमा पहिलो प्राथमिकता नै पेयपदार्थ रहने गर्दछ । अझ त्यसमा झन् हार्ड डृङ्स राख्ने गर्दछन् । हामी देख्न सक्छौँ विवाह भोज, जन्मोत्सवको भोज इत्यादि तिर पेय पदार्थहरु राखिएको हुन्छ । तर त्यहाँ त कुनै सूचना राखिएको हुँदैन कि यति उमेर समुहले चाहिं यो पिउनु हुँदैन है ! भनेर जसकारण युवावर्गहरु लोभिने गर्दछन् ।
कुलतलाई एक नकारात्मक पक्षको रुपमा हेर्ने गरिन्छ, भनिन्छ यसको पहिलो सुरुवात एकपटक चाखौं न त यो कस्तो हुँदोरहेछ ? भन्ने हुन्छ यात, साथीभाईहरूसँगको भेटमा ह्या खान केही हुँदैन हामी पनि त खाइरहेका छौंबाट सुरु हुन्छ । आखिर यो पनि त एक नशा नै हो जुन चढेपछि उत्रिन गाह्रो हुन्छ र त्यसकै फलस्वरुप मानिसहरु कुलतको लतमा फस्ने गर्दछन् ।
हाल आधुनिकता बढेसँगै सामाजिक सञ्जालको प्रयोग पनि अत्याधिक रुपमा बढ्दै गइरहेको छ । जहाँ प्राय: फेसबुक, टिकटक, इन्स्टाग्राम, युउट्युब, अत्याधिक प्रयोग भएको पाइन्छ । हाम्रो दैनिकी देखि लिएर साथीभाईहरुसंगको भेटघाट घुमघामका तस्वीरहरु कुनै उत्सवमा सहभागी भएका तस्वीरहरू अथवा भिडियो बनाएर अपलोड गर्ने गरेको हामी देख्न सक्छौँ ।
सामाजिक संजालको बढ्दो प्रयोगसँगै हाल युवावर्गहरु बियर चियर्स गरेको फोटोहरु, हुक्का तानेर धुवाँ उडाउदै गरेका तस्बिरहरु तथा धुवा उडाएका भिडियोहरु पनि अपलोड गर्ने गरेका छन् । मैले अघि भनि हाले देखासिकी एक चलिआएको परम्परा जस्तै छ जुन हाल युवावर्गहरुमा प्रशस्त मात्रामा देख्न पाइन्छ ।
साथीले हुक्का तानेर गोलो धुवा उडाएको भिडियो हालेछ नि ! अब म पनि यसरी नै भिडियो हाल्नु पर्यो भन्दै उनीहरु पनि त्यतैतिर लम्किरहेका छन् । जसकारण उनीहरुलाई यो सम्मको अक्कल हुँदैन कि, उनीहरू पनि कुलतको दलदलतिर लम्किदै छन् ।
साथीभाइसँग भेटघाट भन्दै बियर, वाइन हुक्का, चुरोट अझ कतिपय त गाजाको समेत प्रयोग गर्ने गरेको हामी हाम्रो समाजमा प्रष्ट रुपमा देख्न सक्छौं । यात हामी आफैंले पनि ती कुराहरु महसुस गर्न सक्छौं, किनकि कहिलेकाहीँ हामी पनि साथीभाइसँगको रमाइलो भेटघाटमा साथीहरुको करले भनौं यात आफ्नै रहरले कुलतको बाटो रोजिरहेका हुन्छौं । जसकारण हामीमा कुलतको सोख जान्छ भन्दा कुनै फरक नपर्ला ।
यसरी आधुनिकताको नाममा युवावर्गहरु कुलतको दलतिर लम्किरहेका छन् । जसको उनीहरुलाई खबरसँग हुँदैन, खबरै भएतापनि ह्या साथीले त खाइरहेको छ । फेसबुकमा हुक्का हानेर गोलो धुवा उडाएर भिडियो त हालिरहेको छ । मैले जाबो एक दुईचोटि तान्दैमा क नै हुने हो र ? भन्ने सोचले झनै बाधा बनाईरहेको छ ।
आफ्नो सोखको लागि सामाजिक संजालतिर तस्बिर तथा भिडियोहरु अपलोड गर्नको लागि कति बेला कुलतको लतमा फसिन्छ पत्तै हुँदैन । त्यसैले आफू पनि सजग बन्नुहोस् र अरुलाई पनि सजग बनाउनुहोस् ।