आफु फाटिएका लुगा टालटुल गर्दै लगाउथिन्
मेरा लागि नयाँ लुगा किनी ल्याइदिन्थिन्
मन्द मुस्कान ओठमा ल्याई हर्षले रमाउथिन्
जब मलाई नफाटिएका लुगामा देख्थिन्
कति प्यारी छिन् मेरी आमा
मेरा हरेक खुशीमा रमाउथिन्
आमा ति पलहरु मैले कहाँ बिर्सिन सक्थे
जहाँ ठक्कर मैले खाएको हुन्थे
तर आखाँमा आँसु तिम्रो हुन्थियो।
आमा कति सोझी छौ है तिमी
घरमा हरेक दु:ख लुकाई,
घरलाई सुखी बनाउन खोज्ने तिमी
आझ तिम्रा लागि खुशी खोज्न हिंडेकी म
दु:खको जालमा अल्झिएर रोकी
थाहा छैन कुन बाटो जाने हो
गल्लि गल्लि हुदैँ जाने हो कि मूल बाटो नै चुन्ने हो
बस् मलाई यत्ति थाहा छ,कि लक्ष्य लिई गन्तव्यमा पुग्ने हो
गन्तव्यमा अवश्य पुग्ने छु आमा
अनि हर्षले मात्तिदैँ स्याउ झैँ राता
ति तिम्रो गाला चुम्ने छु,आमा।
यमुना सापकोटा
[sidebar name="button post"]