भागरथी भट्ट हत्या अनुसन्धानमा छिट्टै सफलता पाइन्छ : गृहमन्त्री

२७ माघ,काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले भागरथी भट्ट हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् ।

आज नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनाबारे ज्ञापनपत्र बुझदै थापाले अनुसन्धान जारी रहेकाले छिट्टै सफलता हात पर्ने बताएका हुन् । त्यस्तै गृहमन्त्री थापाले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्ण रुपले बैतडीमा केन्द्रित रहेकोले भन्दै करिब दोषीको नजिक पुगेको बताएका छन् ।

मंगलबार बिहान नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका पदाधिकारीहरु पुल्चोकस्थित मन्त्री निवासमा पुगेर गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाएका थिए । गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन नेविसंघले ध्यानाकर्षण गराएको छ ।

विगतमा निर्मला पन्त, सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा ती घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा अमानवीय र क्रूर घटनाले प्रश्रय पाउँदै नेविसंघको भनाइ थियो ।

[sidebar name="button post"]