२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गते बुधबार काठमाडौं उपत्यकामा विरोध सभा गर्ने भएको छ । मंगलबार अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त भिडियो सन्देश जारी गर्दै भोलीको विरोधसभामा सहभागी हुन सबैलाई अपील गरेको छन् ।
सभा भृकुटीमण्डपमा हुने हुने छ । आफूहरुको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभियान पनि भएको बताउँदै प्रचण्डले बताएका छन् ।
‘हामी सबैले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्नका निम्ति काठमाडौंको विरोधसभामा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्दछु,’ प्रचण्डले भनेका छन् । यसैगरी नेपालले विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
[sidebar name="button post"]









