वर्तमान नेपाल र भविष्यको राजनीति

  • 187
  •  
  •  
  •  
  •  
  •  
  •  
    187
    Shares

प्रकाश ‘अभियान’

वर्तमान राजनीतिको कुनै पनि विकल्पले देशको राजनीतिक र आर्थिक समृद्धि सम्भव देखिँदैन । राजनीति राज्यको मूल निति हो जसले आर्थिक विकासको खाका सहित देशको चौतर्फि विकासको दिशालाई जोडसँग समातेको हुनुपर्दथ्यो । यसो हुँदा देशको विकासमा राजनीतिक दिशाबोधले देशको भविष्यलाई अंकित गरी रहेको हुन्थ्यो । तर पछिल्लो राजनीतिक विकासले देशलाई बाटो देखाउने भन्दा पनि आ आफ्नो स्वार्थलाई प्रतिविम्बित गरिरहेको छ । जसले देशलाई निकास दिन सक्ने छैन।

विगतले आगतलाई बाटो देखाउँछ भन्ने सत्यलाई आजको राजनीतिले मिथ्या सावित गरिदिएको छ । इतिहासमा राजनीतिक फोहोरी खेलले देशको वर्तमान बनिरहेको छ । आज हामी जहाँ छौँ यो विगतको परिणाम हो । आज हामीले जुन नेतृत्वमा विश्वास गरेर भविष्यको कल्पना गरिरहेको छौँ त्यसले हाम्रो भविष्य सुन्दर नरहेको देखाईरहेको छ ।

यसो हुँदा आजको राजनीतिको विकल्प खोज्नका निम्ती युवा पुस्ताले वर्तमान राजनीतिका अलग अलग आहालमा रमाएर होइन नयाँ शिराबाट खोज्नु पर्दछ । अब राजनीतिक नेतृत्व भविष्यको नेतृत्व गर्न सक्ने सामर्थ्यबाट चीउत भईसकेका छन् । यस्तै परेमा आफ्नो स्वार्थका निम्ती प्राप्त उपलब्धिको बलि चडाउन उद्धत नहोलान भन्न सकिन्न ।

इतिहासमा राजनीतिज्ञहरुले देशको समस्यालाई आफ्नो मुल मुद्दा बनाएर सत्तामा पुगे । जसले गर्दा मुद्दा उठ्यो तर मुद्दाको समाधान भएन कारण नेतृत्वमा मुद्दाको सहि समाधानको स्पष्ट खाका थिएन । त्यसो हुँदा अब मुद्दा भन्दा पनि मुद्दाको समाधान सहि नेतृत्वका लागि युवा पुस्ताले आफूलाई तयार गर्ने बेला आएको छ ।

समस्याले जनताको जीवन जिउका तिउँ छ समाधान कहि कतै बाट पनि नआउँदा जीवन नबदलिएको हो । भाबी पुस्ताले अध्ययन अनुसन्धान सहित राजनीतिक बाटो समात्ने बेला आयो । यसका निम्ती जनताले साथ दिन तयार हुनुपर्छ ।

आजको कुनै राजनीतिक गुठसँग देशको समस्या समाधानको उपाए छैन । यसो हुदा वर्तमान राजनीतिक आहालबाट नयाँ विबल्प छैन । समय र परिस्थीति दुवै बदलिएको वर्तमान परिस्थीलिलाई सुहाउने राजनीतिक कार्यक्रम र रणनीति राजनीतिज्ञहरुसँगबाट अपेक्षा गर्न नसक्ने पक्का पक्की छ ।

वर्तमान राजनीतिबाट बदलिएको समय र परिस्थितिको गहिरो अध्ययन र अनुुसन्धान गरेका छैनन । यसले गर्दा आजको युग सुवाउदो राजनीतिक कार्यक्रमको अपेक्षा यो पुरानो पुस्ताबाट सम्भव छैन । अब भाबी पुस्ताले नयाँ राजनीतिक कार्यक्रम सहित देशको भविष्यलाई डोराउने बेला आएको छ ।

के हो त अबको समय र परिस्थिति सुहाउँदो राजनीतिक कार्यक्रम ? गहिरो अध्ययन र अनुसन्धानको आवश्यकता भएको छ । अध्ययन र अनुसन्धानका निम्ती अबको राजीतिक कार्यक्रम विज्ञान र प्रविधिमा आधारीत युगीन राजनीतिक कार्यक्रमको हुनु पर्छ । लेखक युवल हारहारे ‘आजको विज्ञान प्रविधि सुहाउँदो राजनीतिक कार्यक्रमको विकास नभएसम्म राजनीतिक निकास सम्भव छैन्’ ।

यसले के देखाउँछ भने आजको उत्पादक शक्ती विज्ञान प्रविधि हो भने त्यसमा टेकेर बन्ने राजनीतिक कार्यक्रम मात्र आजको राजनीतिक विकल्प हुन्छ । त्यसो हुँदा अबको राजनीतिक कार्यक्रमको नयाँ विकास गर्नेका निम्ती नयाँ राजनीतिक वैज्ञानिकहरुको अपरिहार्यतालाई भएको छ ।

आजको युवा पुस्ताले वदलिएको परिस्थिति सुहाउँदो कार्यक्रमको विकासका निम्ती अध्ययन अनुसन्धान र त्यसको प्रयोगमा आफूलाई अब्बल बनाउने गरि शक्तिशाली भएर अभिने अठोठसहित नेपाली राजनीतिमा लाग्ने बेला आएको छ । युवा पुस्तामा भएको डुलमुलेपनाले देशको भविष्यलाई अन्धकार बनाउने भएकाले यी सबै खतराहरुबाट आफूलाई बचाएर देशको नेतृत्व समाल्नका निम्ती उपयुक्त समय आएको छ ।

राजनीतिको मैदान खालि भएको छ युवापुस्ताले सचेत पहलु लिन आवश्यक भईसकेको छ । अन्ततः देशको नेतृत्व अब युवाको हातमा आउनु पर्छ । इतिहासलाई हेर्नुहुन्छ भने युग बदल्ने कार्यमा युवाले नै जिम्मा लिएका छन् । सानो उमेरमा पृथ्वीनारायण शाहको सहासले देश एकिकरणको तात्कालीन राजनीतिक कार्यभारलाई पुरा गरेको थियो ।

युवा पुुस्तामा नै राणा शासनका विरुद्धमा आवज बोलेका चार जना सहिद जसले पनि तात्कालिन राजनीतिक कार्यभारलाई पुरा गरेको थियो भने आजको पुस्ताले पनि वर्तमान र भविष्यको बाटो डोयाउनका निम्ती आफ्नो पहलु अगाडि सार्नु पर्छ । कहीं कतैबाट यसको सम्भावना भयो भने हामीले आफ्नो स्थानबाट तत्काल त्यसलाई आत्मसाथ गर्दै परिवर्तनका निम्ती तयार हुनुपर्दछ । सानाले बोलेको सत्यलाई नस्विकार्ने नेपाली समाजको चरित्रलाई बदल्ने बेला आएको छ ।

सत्यमाथिको जाँचपर्ताल भन्दा पनि कसले बोल्यो भनि खोज्ने प्रवृतिले आजको बदलिएको परिस्थितीलाई सहि दिशामा फ़ड्कन सक्दैन । यसो हुँदा युवा पुस्ताको आगमनलाई रोक्न सक्छ । त्यसैले खुल्ला हृदयले जहाँ जोबाट आएको भए पनि सत्यलाई स्वीकारेर देशको भविष्यलाई उज्वल बनाउन लाग्नु पर्छ ।

नेतृत्व चयनमा सचेत नहुँदाको परिणमका रुपमा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प जस्ताको नेतृत्व अमेरिकी जनताले पाउँनु दुरभाग्यपूर्ण नै हो । यस्तो अवस्था हाम्रो जस्तो देशले त पटक पटक विहोर्नु परेको छ । जंगबहादूरको उदयपछि यस्तो समस्या विहोर्नु परेको थियो भने पञ्चायति व्यवस्थाले पनि जनतालार्ई विर्सनै नसक्ने चोट दियो । दश वर्षे जनयुद्धको मुल्यलाई कहि कतैबाट पनि परिपूर्ति नहुँने अवस्था आइसकेको छ ।

यसैले अबको राजनीतिक नेतृत्व चयनमा निकै सचेत पहलु लिनका निम्ती युवा पुस्ताले आफूलाई समय सापेक्षित परिमाजित गर्दै युग सुहाउँदो नेतृत्व चयनमा लाग्नु पर्छ । कसैको लहई लहईमा लागेर देशका भविष्यलाई दाउमा पार्ने काम कहि कतैबाट पनि हुँनुहुदैन । नेतृत्वको बारेमा अध्ययन र अनुसन्धान नगरि चयन गर्नाले पनि देशले दुरभाग्य विहोर्नु परेको हो ।

कार्यदिशा र रणनीतिले मात्र देशको भाग्य नबदल्ने पक्का भईसकेकाले नेतृत्वका सवालमा गम्भीर भएर सोच्नु पर्ने भएको छ । सानो देश पर्याप्त साधन साधन स्रोत भएकाले देशका विकासमा लामो समय लाग्दैन । चौतर्फी सम्भावनाको ढोका खुल्ला भएकाले आउने पुस्ताले समालीएर कार्यक्रम ल्याएर अभ्यास गर्ने हो भने छोटो समयमा विश्वमान चित्रमा आफ्नो अलग पहिचान स्थापना हुन्छ ।

विशाल दुई ठूला देश हाम्रो छिमेकि देश हुनुले पनि हामीलाई विकासमा टेवा पुग्ने छ । यी दुई देशलाई हामीले आफ्नो हितमा प्रयोग गर्न सक्ने खुवीभएको नेतृत्वले अबको नेपाललाई बदल्न सक्छ भने बदलिँदो साधन स्रोतको स्वरुपलाई नेपालमा प्रयोगमा ल्याउने अध्ययता र खोेजकर्ताले देशलाई सगरमाथाको उचाईमा पुर्‍याउने छ ।


  • 187
  •  
  •  
  •  
  •  
  •  
  •  
    187
    Shares