आगामी वैशाख १७ गते ४० र ३७ जिल्लामा २७ गते निर्वाचन हुने

२७ माघ, काठमाडौं । सरकारले आगामी वैशाखमा हुने निर्वाचन ४० जिल्लामा १७ गते र ३७ जिल्लामा २७ गते  गर्ने निर्णय गरेको छ
।सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको  हाे । त्यस्तै वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । संसद विघटन गर्दै ओलीले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने सिफारिस गरेका थिए । उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उसैदिन सदर गरेकी थिईन् ।

[sidebar name="button post"]